
चरिकोटः दोलखाको विगु गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका युधिष्ठिर खड्का विजयी भएका छन् । खड्का ४०२३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुन्दर लामिछानेले २५८६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका सञ्जिव ओली विजयी भएका छन् । उनी ३२२० मत प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन्।
त्यस्तै, गौरीशंकर गाउँपािलकाको अध्यक्षमा एमालेका स्वयमबहादुर खड्का ४२४९ मत प्राप्त गर्दै विजयी भएका छन् । उपाध्यक्षमा एमालेकै उर्मिला थामी ४१७६ मत प्राप्त गर्दै विजयी भएकी हुन्।
तस्विर : अशोक बस्नेतकाे फेसबुक