PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

धादिङको गंगाजमुना गाउपालिका अध्यक्षमा एमालेका बलबहादुर अधिकारी विजयी



पहिलोपोस्ट

धादिङको गंगाजमुना गाउपालिका अध्यक्षमा एमालेका बलबहादुर अधिकारी विजयी

धादिङ : गंगाजमुना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश: नेकपा एमालेका बल बहादुर अधिकारी र एन्जिल तामाङ विजयी भएका छन्।

अधिकारीले ३ हजार ३ सय ५६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द नेपाली कांग्रेसका अक्कल बहादुर तामाङले ३ हजार १ सय ८८ मत ल्याए।

यस्तै उपाध्यक्षमा विजयी एन्जिल तामाङले ३ हजार ५ सय २२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकै दुर्गा दाहालले ३ हजार १ सय १८ मत प्राप्त गरिन्।

गंगाजमुना गाउँपालिकाको वडा नम्वर ५, ६ र ७ मा एमालेको प्यालनै विजयी भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell