PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आफ्नो वेबसाइट आक्रमणमा मस्कोको हात रहेको युक्रेनको आरोप



रासस

आफ्नो वेबसाइट आक्रमणमा मस्कोको हात रहेको युक्रेनको आरोप
फोटो श्रोतःndtv.com

युक्रेनः युक्रेनको राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटमा रसियाको आक्रमण भएको जनाएको छ। 

मस्कोबाट सञ्चालित प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाइएपछि रसियाद्वारा युक्रेनी वेबसाइटमा नै आक्रमण गरेको कीभको भनाई छ । 

राष्ट्रपति पेट्रो पोरोसेन्कोका प्रशासन उपप्रमुख दिमित्री सिमकिवले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा मस्कोबाट सञ्चालनमा ल्याइएको एक सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछिको रसियाली प्रतिक्रिया देखिरहेको बताइएको छ ।
सिमकिवले भनेका छन्, “प्रविधि विशेषज्ञहरुले वेबसाइटको अवस्थालाई नियन्त्रणमा लिएका छन् त्यसैले अब वेबसाइटमाथि कुनै खतरा रहेको छैन।” 
यता, रसियाली प्रशासन केन्द्र क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले किभको आरोप आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका छन् ।
युक्रेनी प्राविधिक विज्ञ तथा पश्चिमा मुलुकले पटकपटक कहिल्यै आक्रमणको तथ्य दिन नसक्ने गरेका तर, रसियाली समूह वा रसियाली सरकारसँग निकट स्रोतमाथि आरोप भने लगाउने गरेको रसियाको दाबी छ । 

युक्रेनले मङ्गलबार युक्रेनीहरुबीच निकै प्रसिद्ध रहेको सामाजिक सञ्जाल र इन्टरनेट खोजी गर्ने यन्त्रलाई प्रतिबन्धित गरेको थियो। युक्रेनद्वारा पछिल्ला तीन वर्ष यता रसियाद्वारा युक्रेनी पृथकतावादी युद्धलाई पूर्वी युक्रेनमा समर्थन गर्दै आएपछि क्रिमियालाई रसियामा बिलय गरेपछि रसियाद्वारा सञ्चालित सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको बताइन्छ। रासस/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell