नुवाकोटः नुवाकोटको तीन स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवार र एक स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । किस्पाङ गाँउपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार छत्रबहादुर लामा दुई हजार ५६८ मत ल्याएर अध्यक्षमा र मायाँदेवी न्यौपाने दुई हजार ३९४ मत ल्याइ उपाध्यक्षमा निर्वाचित भएकी हुन्।
दुप्चेश्वर गाँउपालिकाको अध्यक्षमा योवीन्द्रसिंह लामा र उपाध्यक्षमा अञ्जु आचार्य विजयी भएका छन् । अध्यक्षमा लामाले तीन हजार ५१४ मत र उपाध्यक्षमा आचार्यले तीन हजार ९४३ मत प्राप्त गरेका छन्।
यस्तै, तादी गाँउपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा इश्वरी उप्रेती विजयी भएका छन् । अध्यक्ष पाण्डेले तीन हजार ९० मत र उपाध्यक्ष उप्रेतीले तीन हजार १५६ मत ल्याएर निर्वाचित भएका हुन्।
त्यस्तै, तार्केश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रमेश वस्ती तीन हजार ६१६ र उपाध्यक्ष तारा रिमाल तीन हजार ५३५ मत ल्याएर निर्वाचित भएका हुन् । नुवाकोटका १२ मध्ये बाँकी आठ स्थानीय तहमा मतगणना जारी छ । रासस