PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

तनहुँको ऋषिङमा आठवटै वडामा कांग्रेस उम्मेदवार विजयी



रासस

तनहुँको ऋषिङमा आठवटै वडामा कांग्रेस उम्मेदवार विजयी

दमौलीः तनहुँको ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा कांग्रेसको प्यानल विजयी भएको छ । 

ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपाल थापा मगरले दुई हजार ४८९ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकै गिनुमाया थापामगर चार हजार ९४९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मधुमाया श्रेष्ठले दुईहजार तीनसय ७७ मत प्राप्त गरेकी थिइन् । 

सो गाउँपालिका–१ देखि ८ सम्म वडाध्यक्षसहित सबै पदमा नेपाली कांंग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए। 
त्यस्तै, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गिरबहादुर थापा दुई हजार ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तबहादुर केसीले दुई हजार २४२ मत प्राप्त गरेका थिए । 

यसैगरी, उपाध्यक्षमा कांग्रेसकी पुष्पादेवी श्रेष्ठ दुई हजार २९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना अधिकारीले दुई हजार १६५ मत प्राप्त गरेकी थिइन् । त्यसरी बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार पूर्णसिंह थापा र उपाध्यक्षमा माओवादी केन्द्रका करुणा गुरुङ विजयी भएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell