PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

गोरखाको धार्चेमा कांग्रेस, सहिद लखनमा माओवादी विजयी



रासस

गोरखाको धार्चेमा कांग्रेस, सहिद लखनमा माओवादी विजयी

गोरखाः गोरखाको धार्चे गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ र फूलमाया गुरुङ क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । नेकपा एमाले र नयाँ शक्ति नेपाल पार्टीबीच तालमेल भई प्रमुख पदमा लडेका नयाँ शक्तिका लक्ष्मण गुरुङ पराजित भएका हुन् । 

प्रमुख पदमा विजयी सन्तबहादुरले एक हजार ७०९ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले एक हजार ६५६ मत प्राप्त गरेका छन् । उपप्रमुखका कांग्रेसकी फूलमायाले एक हजार ५९५ मत ल्याइन् भने नेकपा माओवादी केन्द्रकी आशा गुरुङ एक हजार १२८ मत प्राप्त गरी पराजित भइन् । 

नेकपा माओवादी केन्द्रले सहिद लखन गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जितेर गोरखामा विजयको खाता खोलेको छ। प्रमुखमा रमेश थापाले तीन हजार ८०८ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णबहादुर आलेले तीन हजार ४०४ मत प्राप्त गरे । 

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी इन्दिरा तिवारीले तीन हजार ७९८ मत प्राप्त गरिन् भने निकतटम प्रतिद्वन्द्वी कांग्रेसकी शर्मिला श्रेष्ठले तीनहजार ५७५ मत प्राप्त गरिन् ।
यसअघि चुमनुब्री, सिरानचोक, अजिरकोट र गण्डकी गाउँपालिकामा कांग्रेसले विजय हासिल गरिसकेको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell