
चितवन : चितवनको एक मात्र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार गीता गुरुङ विजयी भएकी छन्। उपाध्यक्षमा पनि कांग्रेसकै कृतिकुमार श्रेष्ठ विजयी भएका छन्।
गुरुङले ३२ सय ५४ मत पाएकी छिन्। निकटम प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद अधिकारीले तीन हजार ६१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा श्रेष्ठले ३३ सय ८९ मत लयाई विजयी भएका हुन्।
इच्छाकामनाको वडा नं. १, २ र ६ मा एमालेको प्यानलै विजयी भएको छ । वडा नं. १ मा नन्दलाल गिरी, वडा नं. २ मा पन्जु चेपाङ्ग र वडा नं. ६ मा भुपेन्द्र प्रजा विजयी भएका छन्। वडा वडा नं. ३ मा माओवादी केन्द्रका गोर्वद्धन अधिकारी विजयी भएका छन्।
वडा नं. ४, ५ र ७ मा कांग्रेसका होमबहादुर राना, मोदराज सिल्लवाल र बमबहादुर थापामगर विजयी भएका छन्।