PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

पर्वतको जलजला गाउँपालिकामा कांग्रेस विजयी



रासस

पर्वतको जलजला गाउँपालिकामा कांग्रेस विजयी

पर्वतः पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल तीनहजार सातसय २३ मत प्राप्त गरी विजयी भएका छन् । 

मल्ल नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरेका थिए । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसका सीमा पुन विजयी भइन् । उनले तीन हजार ७८३ मत ल्याइन् । 

एमालेका अनिता शर्माले तीन हजार ६५७ र नेकपा माओवादी केन्द्रका सीता मल्लले एक हजार ५९४ मत प्राप्त गरेका थिउ । यो गाउँपालिकाका वडा नं २, ३, ४ र ८ मा कांग्रेस, र वडा नं ७ र ९ मा नेकपा माओवादी केन्द्र तथा वडा नं १, ५ र ६ मा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् । 

वडा नं १ मा तुलसीराम रेग्मी, २ मा गोविन्द खत्री, ३ मा देवीन्द्रबहादुर भण्डारी, ४ मा भीष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुङ्गनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडाध्यक्षमा चुनिएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell