PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

पोखरा महानगर–६ मा कांग्रेस विजयी



पहिलोपोस्ट

पोखरा महानगर–६ मा कांग्रेस विजयी

पोखराः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका जगत पहारी विजयी भएका छन्। पहारी १४६४ मत ल्याएर विजयी भएका हुन् ।.उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेमकुमार श्रेष्ठले १३४९ मत प्राप्त गरेका थिए। .

वडाको खुल्ला दुई सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा भने एमाले उम्मेदवार निर्वाचित भएका छन् । खुल्ला दुई सदस्यमा विष्णुबहादुर भट्टराईले १४७६ र हरिकृष्ण पहारीले १४५५ मत प्राप्त गरेक छन् । .

त्यस्तै, महिला सदस्यमा पुष्पा पहारी १४७० मतसहित निर्वाचित भएकी छन् भने दलित महिला सदस्यमा राममाया विश्वकर्मा १५०० मत ल्याएर विजयी भएकी छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell