PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

ला लिगा : रियल उपाधिबाट १ अंक टाढा, सेल्टा विरुद्धको जितमा रोनाल्डोको रेकर्ड



पहिलोपोस्ट

ला लिगा : रियल उपाधिबाट १ अंक टाढा, सेल्टा विरुद्धको जितमा रोनाल्डोको रेकर्ड

पाँच वर्षयता रियल मड्रिड स्पानिस ला लिगाको च्याम्पियन बन्ने संघारमा छ। बुधबार भएको खेलमा देश खेलाडीको सेल्टा भिगोलाई ४-१ ले पराजित गर्दै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ र दोस्रो स्थानको बार्सिलोनामाथि ३ अंकको अग्रता कायम गरेको छ।

समान ३७ खेलबाट रियलको ९० तथा बार्सिलोनाको ८७ अंक छ।

ला लिगामा अब अन्तिम चरणको खेल बाँकी छ। रियलले मालगा तथा बार्सिलोनाले आइबरसँग खेल्न बाँकी छ। यस्तोमा रियललाई लिग च्याम्पियन बन्न मालागा विरुद्धको खेल बराबरी गरेपनि पुग्छ।

यता बार्सिलोनाको लागि भने आइबरलाई जितेर मात्र पुग्दैन रियल पनि मालागासँग पराजित हुनुपर्नेछ। अंक बराबरी भएको खण्डमा बार्सिलोनाले राम्रो गोलअन्तरको आधारमा लिग जित्नेछ।

बार्सिलोनालाई अर्को फाइदा के छ भने आइबरसँगको खेल घरेलु मैदानमा हुनेछ र रियलले मालागसँग अवे मैदानमा खेल्नेछ।

 

रोनाल्डोको रेकर्ड

सेल्टा विरुद् २ गोल गरेसँगै रोनाल्डोले युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका छन्। उनले खेलको १०औं र ४८औं मिनेटमा गोल गरे। रोनाल्डोरे इंगल्याण्डमा जिम्मी ग्रेभ्सको ४६ वर्षे पूरानो रेकर्ड ब्रेक गरेका हुन्।

सेल्टा विरुद्धको २ गोलसँगै रोनाल्डोको लिग गोलसंख्या ३६८ पुगेको छ। जिम्मीको ३६६ गोल छ। यस्तै गर्ड मुलरको ३६५ तथा लियोनल मेसीको ३४६ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell