
बागलुङः बागलुङको ढोरपाटन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । दुई हजार ६९२ मत ल्याएर एमालेका देवकुमार नेपाली प्रमुख पदमा निर्वाचित भएक हुन् । उपप्रमुखमा पनि एमालेकै करमती घर्तीले दुई हजार ७९ मत ल्याएर विजयी भएकी छन् ।
यस्तै, बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका अम्मरबहादुर श्रीस विजयी भएका छन् ।
योसँगै एमालेले जिल्लाका तीनवटा स्थानीय तहमा विजय हासिल गरेको छ । १० वटा स्थानीय तह रहेको बागलुङमा नेपाली कांग्रेसले तीन, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानमा जित हासिल गरेका छन् । रासस