
नवलपरासीः नवलपरासीको मध्यबिन्दु नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
कांग्रेसका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गरेका हुन् । रानाको पक्षमा १० हजार ९९६ मत परेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार ६५ मत परेको थियो ।
त्यसैगरी, उपप्रमुखमा पनि कांग्रेसकै ओमकुमारी महतो १० हजार ८३५ मत प्राप्त गरी विजयी भएकी हुन् ।
१५ वटा वडा रहेको मध्यबिन्दु नगरपालिकामा १० वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने पाँचवटा वडामा नेकपा एमाले विजयी भएको छ ।