PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

मोनाको १७ वर्षपछि फ्रेन्च लिग च्याम्पियन



पहिलोपोस्ट

मोनाको १७ वर्षपछि फ्रेन्च लिग च्याम्पियन

एएस मोनाको १७ वर्षपछि फ्रेन्च लिग वनको च्याम्पियन बनेको छ।

गएरातीको खेलमा सर्वाधिक १० पटकको लिग च्याम्पिन सेन्ट एटिनेलाई २-० ले पराजित गर्दै एक खेल अगावै  लिगको उपाधि जितेको हो। मोनाकोलाई च्याम्पियन बनाउन काएलिन एमवापे र भलेरे जर्मेइनले गोल गरे।

३७ खेलबाट मोनाकोको ९२ अंक भएको छ भने दोस्रो स्थानको पेरिस सेन्ट जर्मेनको ८६ अंक छ। मोनाकोले अब रेन्स तथा पेरिस सेन्ट जर्मेनले साएनसँग खेल्न बाँकी छ।

मोनाले सन् १९९९-२००० मा पछिल्लो पटक लिग जितेको थियो। मोनाकोको यो आठौं लिग उपाधि हो। मोनाको भन्दा सेन्ट एटिएने (१०) र मार्से (९) ले मात्र बढी लिग उपाधि जितेको छ। नान्ट्सले पनि ८ पटक लिग उपाधि जितेको छ।

यससँगै मोनाकोले पेरिस सेन्ट जर्मेन पिएसजीको अधिपत्य तोडेको छ। पछिल्लो चार संस्करणको उपाधि पिएसजीले जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell