PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी



पहिलोपोस्ट

धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

धादिङ : नेपाली कांग्रेसका विनोद तिमल्सिना ज्वालामुखी गाउँपालिकोको अध्यक्ष पदमा विजयी भएका छन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेद्वार बनेका विनोदले ५ हजार ९ सय ५४ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९ सय ३० मत ल्याए।

उपाध्यक्षमा भने नेकपा एमालेका जानुका सिम्खडा ५ हजार ७ सय ७८ मत ल्याएर विजयी भइन्।

उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले ४ हजार ८ सय ९४ मत ल्याए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell