PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

पोखराको ७ र ८ वडामा एमाले विजयी



पहिलोपोस्ट

पोखराको ७ र ८ वडामा एमाले विजयी

पोखराः पोखरा महानगरपालिकाको वडा नम्बर ७ र ८ मा एमाले वियजी भएको छ । वडानम्वर ७ मा एमालेको प्यानल विजयी भएको छ भने ८ मा अध्यक्ष र तीन सदस्य विजयी भएका छन् ।

वडानम्वर ७ को वडाध्यक्षमा रामचन्द्र बराल र ८ मा रुद्रनाथ बराल विजयी भएका छन् । वडानम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालले १ हजार २ सय १२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र बस्ताकोटीले १हजार १ सय ११ मत प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा दिनबन्धु पौडेलले १हजार २ सय ४३ र किशोर बरालले १हजार १ सय ५७ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै, महिला सदस्यमा एमालेकै प्रभा पन्त १हजार २ सय २५ मतसहित विजयी भइन् भने दलित महिला सदस्यमा सुकमाया नेपाली १ हजार २ सय ७३ मतसहित निर्वाचित भएकी हुन् ।

त्यसैगरी, वडानम्बर ८ को वडाअध्यक्षमा रुद्रनाथ बरालले १ हजार ८सय ०३ मतल्याएर विजयी भएका छन् भने निकतम प्रतिद्वन्द्वी कांग्रेसका शारदा गिरीले १ हजार ६ सय ६३ मत ल्याएकी हुन्। वडाको महिला सदस्यमा किरण गौतम, दलित महिला सदस्यमा लक्ष्मी कौशल विजयी भए । गौतमले १७३२ मत प्राप्त गरेकी थिइन् भने कौशलले १७४२ मत प्राप्त गरेकी थिइन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell