PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

मन्थली नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी



पहिलोपोस्ट

मन्थली नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

मन्थलीः रामेछापको मन्थली नगरपालिकाको मेयर  र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा रमेश बस्नेत र उपमेयरमा माया कार्की विजयी भएका हुन् । बस्नेतले ६५२९ र कार्कीले ६५०७ मत प्राप्त गरेका थिए । 
त्यस्तै, दोरम्बा गाउँपालिकामा माओवादीका कमानसिंह मोक्तान ४२४१ प्राप्त गरी अध्यक्षमा तथा माओवादीकै क्रिशला खड्का ४३८९ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । 

त्यस्तै, लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर खड्का ४५९७ मत प्राप्त गरी विजयी भएका छन् भने एमालेकै दीपशिखा दाहाल ४६०५ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएकी छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell