PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

ललितपुर ८ मा पुनः मतगणना सुरु



पहिलोपोस्ट

ललितपुर ८ मा पुनः मतगणना सुरु

ललितपुरः दलहरुवीच मतगणनामा विवाद हुँदा ललितपुर महानगरपालिकामा मतगणना प्रभावित भएको छ।

माओवादी केन्द्रले वडा नम्वर ८ मा कम मत आएको भन्दै पुनः मतगणना गर्न माग गरेपछि मतगणना प्रभावित भएको हो। बुधवार साझँ नै वडा नम्वर ८ को मतगणना सकिएको थियो ।

महानगरपालिकाका वडा नम्वर ९,१०,११ र १२ को मतगणना भइसकेपनि वडा नम्वर ८ मा विवाद हुँदा मत परिणाम सार्वजनिक नभएको निर्वाचन अधिकृतले जानकारी दिए । माओवादी केन्द्रले पुनः मतगणना गर्ने माग गरेपछि अहिले पुनः मतगणना भइरहेको छ । वडा नम्वर १ दखि ७ सम्मको भने मतपरिणाम आइसकेको छ । ललितपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म झिनो मतले नेपाली कांग्रेस अगाडि छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell