PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

जुगल र भोटेकोसी गाउँपालिकामा एमाले र माओवादी विजयी



रासस

जुगल र भोटेकोसी गाउँपालिकामा एमाले र माओवादी विजयी

चौताराः सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका राजकुमार पौडेल दुई हजार ५७३ मत ल्याई विजय भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका साङबु शेर्पाले दुई हजार ४२५ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी दाबुटी शेर्पाले दुई हजार ५१० मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी गेल्मो शेर्पाले दुई हजार १४६ मत प्राप्त गरिन् । 

त्यसैगरी, जुगल गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका होमनारायण श्रेष्ठले दुई हजार ८१८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी कांग्रेसका जयबहादुर लामाले दुई हजार ५७३ मत प्राप्त गरे। 

उपप्रमुखमा नेकपा एमालेकी सिर्जना तामाङले दुई हजार ७४६ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी अम्बिका नेपालले दुई हजार ३८९ मत प्राप्त गरिन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell