PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

निर्वाचन आयोग भन्छ : ३ हजार २ सय ८५ जना निर्वाचित



पहिलोपोस्ट

निर्वाचन आयोग भन्छ : ३ हजार २ सय ८५ जना निर्वाचित

काठमाडौं : पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अहिलेसम्म तीन हजार दुई सय ८५ प्रतिनिधिहरु निर्वाचित भएको निर्वाचन आयोगले जानकारी गराएको छ।

आयोगको जानकारी अनुसार नगर प्रमुखमा ९४ जना, उपप्रमुखमा ९४, वडाध्यक्षमा ७ सय ७८, वडा सदस्यमा एक हजार १ सय ८२, महिला सदस्य ५ सय ९५ र दलित महिला सदस्यमा ५ सय ४२ जना निर्वाचित भएका छन्। बिहीवार बिहानसम्म ९४ स्थानीय तहको मतगणना सम्पन्न भए पनि अन्य स्थानीय तहहरुमा भने मतगणना जारी रहेको छ। आइतवार ३४ जिल्लको २ सय ८१ स्थानीय तहमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell