PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

धादिङको गल्छी गाउँपालिकामा एमाले विजयी



पहिलोपोस्ट

धादिङको गल्छी गाउँपालिकामा एमाले विजयी

धादिङ : धादिङको गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका कृष्णहररी श्रेष्ठ ६ हजार ५१ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विनोद कार्कीले  ५ हजार २ सय ७ मत पाए।

यस्तै उपाध्यक्षमा एमालेका राधा तिमल्सिना ६ हजार २८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका मरा झ्याँइ मगरले ३ हजार १ सय ८४ मत प्राप्त गरे।

कांगेस र माओवादी केन्द्रले गठबन्धन गर्दै प्रतिस्पर्धा गरेका थिए।

८ वडा रहेको गल्छी गाउपालिकाको ७ वडामा एमाले विजयी भएको थियो भने ४ नम्वर वडामा कांग्रेस विजयी भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell