
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा तीन हजार ८४२ मत प्राप्त गरी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रञ्जितकुमार रानाले तीन हजार ६९८ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै पार्वती राना तीन हजार ८०२ मत प्राप्त गरी विजयी भइन्।रासस