
मुगुः छायानाथ रारा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरे । उपप्रमुखमा एमालेका सुन्तला रोकाया तीन हजार २२५ मत ल्याई विजयी भइन् ।
छायानाथ रारा नगरपालिकाको १४ वडामध्ये कांग्रेस सात, एमाले चार र माओवादी केन्द्र तीनवटामा विजयी भएको छ । वडा नं १ लोकबहादुर धिताल एमाले, २ मा परेगराज चौलागाई एमाले, ३ मा नरबहादुर रावल कांग्रेस, ४ मा विष्णुबहादुर भाम कांग्रेस, ५ मा डम्मर रावल एमाले, ६ मा हर्क ऐडी कांग्रेस, ७ मा हरिचन्द्र शाही एमाले, ८ मा कर्णबहादुर रावल कांग्रेस, ९ मा मणिचन्द्र रोकाया निर्विरोध माओवादी केन्द्र, १० मा धर्मदत्त सावद कांग्रेस, ११ मा दानबहादुर बुढा कांग्रेस, १२ मा सुवाषचन्द्र बुढा माओवादी केन्द्र, १३ मा चक्रबहादुर साउद कांग्रेस र वडा नं १४ मा नन्दलाल बढुवाल एमाले विजयी भएका छन् ।
यस्तै, जिल्लाको तीनवटा गाउँपालिकामध्ये दुईवटाको मतगणना सम्पन्न भएको छ । कारमारोम गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा एक हजार १७० मत ल्याई विजयी हुनुभएको छ भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सोनाम छिरिङ लामाले एक हजार २६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेका छिरिङ तामाङ एक हजार ६१ मत ल्याई विजयी भए । सो गाउँपालिकाको नौवटा वडामध्ये पाँच वटामा एमाले र चार वटामा कांग्रेस विजयी भएको छ ।
वडा नं १ को वडाध्यक्षमा सोनाम याङ्जी तामाङ एमाले, २ मा कार्मा तामाङ माले, ३ मा लुङडुङ तामा कांग्रेस, ४ मा छिरिङ टासी तामा कांग्रेस, ५ मा छेवाङ ग्याल्जेक तामा एमाले, ६ मा कारमा फुन्जोक लामा निर्विरोध कांग्रेस, ७ मा च्यावा लामा कांग्रेस, ८ मा धोर्पा छिरिङ लामा एमाले र वडा नं ९ को वडाध्यक्षमा सिरु बुढा एमाले विजयी भएका छन् ।
त्यसैगरी खत्याड गाउँपालिकाको अध्यक्षमा एमालेका उब्जन शाही दुई हजार ३०७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विर्खबहादुर थापाले दुई हजार ३८ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेका जयनन्द रावलले दुई हजार ३२२ मत ल्याई विजयी भएका छन् ।
सो गाउँपालिकाको ११ वडामध्ये एमाले चारवटामा, कांग्रेस तीन तथा माओवादी केन्द्र तीन तथा स्वतन्त्र उम्मेदवार एउटा वडामा विजयी भएका छन् । वडा नं १ को वडाध्यक्षमा मेरबहादुर बुढा माओवादी केन्द्र, २ मा लालबहादुर मल्ल एमाले, ३ मा सुकिन्द बानियाँ कांग्रेस, ४ मा कालीबहादुर रोकाया माओवादी केन्द्र, ५ मा मानसिंह रोकाया एमाले, ६ मा भरतबहादुर शाही माओवादी केन्द्र, ७ मा जयऋषी उपाध्याय कांग्रेस, ८ मा रामबहादुर रावत कांग्रेस, ९ मा नरेन्द्र रोकाया स्वतन्त्र, १० मा तिलकबहादुर रावल एमाले र वडा नं ११ को वडाध्यक्षमा जङ्गबहादुर कार्की माओवादी केन्द्र विजयी भएका छन् । रासस