काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा रहेको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेको छ।
डाक्टर भट्टराईको पार्टी र संघीय समाजवादी फोरमबीचको तालमेलमा उम्मेदवार बनेका अशोक देवकोटाले सुरुवातमा अग्रता लिएको भए पनि तेस्रोमा सीमित हुनपुगे।
नयाँ शक्ति-संघीय समाजवादी फोरमका उम्मेदवार अशोक देवकोटाले ३ हजार ८ सय ३० मत हासिल गरे। उनलेभन्दा बढी मत नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले हासिल गरे। चिन्तनले ४ हजार ३० मत ल्याए।
कांग्रेसका उम्मेदवार इन्जिनियर दीपकबाबु कँडेलले ४ हजार २ सय मत ल्याएर डाक्टर बाबुराम भट्टराईको केन्द्रमा आफ्नो वर्चश्व कायम गर्न सफल रहे।