PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

गोदावरी नगरपालिकामा कांग्रेसका महर्जन विजयी



रासस

गोदावरी नगरपालिकामा कांग्रेसका महर्जन विजयी

ललितपुरः गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जन १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन् । 

नेकपा एमालेका श्यामकृष्ण सिलवाललाई पराजित गर्दै महर्जन प्रमुखमा विजयी भएका हुन् । सिलवालले ११ हजार ८७ र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए । 

त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी भएकी छन् । 

तीन गाउँपालिका तीन पार्टीलाई 

स्थानीय तहको निर्वाचनमा यहाँका तीनवटा गाउँपालिकामा तीन ठूला राजनीतिक दलले एक÷एक गाउँपालिकामा आफ्नो वर्चस्व कायम गरेका छन्। 

तीनवटै गाउँपालिकाको मतपरिणामअनुसार वागमती गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन, कोञ्ज्योसोममा नेकपा माओवादी केन्द्रका गोपीलाल सिङ्तान र महाँकाल गाउँपालिकामा नेकपा एमालेका रामचन्द्र दाहाल विजयी भएका छन् । 

वागमती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोप्चनले तीन हजार ४०२ मत ल्याएर आफ्नो जित सुनिश्चित गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद घिमिरेले दुई हजार २५२ मत प्राप्त गरेका छन् ।
सोही गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै रञ्जना तिमल्सिनाले तीन हजार ४२६ मत ल्याएर विजयी भएकी छन् निकटतम प्रतिद्वन्द्वी एमालेकी डोलकुमारी सिङ्तानले दुई हजार ३४० मत प्राप्त गरिन् । 

त्यसैगरी कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्षमा एक हजार ७९८ मत ल्याएर माओवादीका सिङ्तान विजयी भएका छन्
सोही गाउँपालिकामा माओवादी केन्द्रकी मिङ्मा लामा एक हजार ९३३ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भइन् ।
यस्तै महाँकाल गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहाल दुई हजार ८० मतका साथ विजयी भए ।
दुई हजार २६३ मत प्राप्त गरी एमालेका कमला तामाङ उपाध्यक्षमा विजयी भइन् ।

वाग्मती गाउँपालिका वडा नम्बर १, २, ३ र ४ रमा क्रमशः कांग्रेसका जगत लो, विजय लो, विष्णुप्रसाद तिमल्सिना र नारायण घले वडा अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी वडा नम्बर ५, ६ र ७ मा क्रमशः एमालेका राजकुमार मगर, लालबहादुर बम्जन र नवराज सञ्जेल विजयी भएका छन् । 

कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर १, ३ र ५ मा क्रमशः माओवादी केन्द्रका सन्तलाल तामाङ, ध्रुव घिमिरे र सुवीन्द्र तामाङ वडाध्यक्षमा विजयी भएका छन् भने वडा नम्बर ३ र ४ मा क्रमशः कांग्रेसका तिलक लामा र तीर्थ लामा अध्यक्षमा विजयी भएका छन् । 

यस्तै महाँकाल गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ मा क्रमशः एमालेका सन्तमान स्याङ्तान, गङ्गारामा तिमल्सिना, शान्तप्रसाद गौतम र रामकृष्ण आचार्य वडाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका खोम गौतम वडा नम्बर १ मा खोमप्रसाद दाहाल वडा नम्बर ५ बाट वडाध्यक्षमा विजयी भएका छन् ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell