काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले लक्की शेर्पालाई अष्ट्रेलियाको राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क–५, सङ्खुवासभाकी शेर्पालाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रावधान छ ।