PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

धादिङको बेनिघाट गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी



पहिलोपोस्ट

धादिङको बेनिघाट गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

धादिङ : धादिङको बेनिघाटरोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्।

माओवादी केन्द्रका हरि डल्लाकोटीले ६ हजार ४ सय १० मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्दी एमालेका गिरीराज कडेंलले ५ हजार २ सय ५५ मत ल्याए।

माओवादी केन्द्र धादिङको स्थानीय तहको अध्यक्षमा विजयी भएको यो पहिलो गाउँपालिका हो।

उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले ५ हजार ३ सय २ मत प्राप्त गरी जित हात पारे। उनका निकटतम प्रतिद्वन्दी एमालेकै मायादेवी शर्माले ५ हजार २ सय ७७ मत ल्याइन्।

बेनिघाटमा कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरी चुनावमा प्रतिस्पर्धा गरेका थिए भने एमालेले एक्लै चुनाव लडेको थियो।

कूल १० वडा रहेको बेनिघाटमा माओवादी केन्द्र र एमाले समान ५-५ वडामा विजयी भएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell