PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

रसुवामा ६ दलित महिला सदस्यको पद रिक्त



रासस

रसुवामा ६ दलित महिला सदस्यको पद रिक्त

रसुवाः रसुवाका तीनवटा गाउँपालिकामा दलित महिलाको कोटामा मनोनयनपत्र दर्ता नहुँदा ६ सदस्य पद रिक्त भएका छन् । 

जिल्ला निर्वाचन अधिकारी नविन खालिङका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ कालिका गाउँपालिकाको वडा नं १ तथा नौकुण्ड गाउँपालिकाको वडा नं २ मा दलित महिला सदस्य पदमा कुनै पनि उम्मेदवारी नपरेका कारण रिक्त रहेको हो । 

गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा दलित बस्ती नै नभएको र नौकुण्ड तथा कालिका गाउँपालिकाका ती वडामा दलित वर्गको बस्ती भएपनि उम्मेदवार नै नउठेको बताइएको छ । 

रसुवाका पाँचवटा गाउँपालिकामा २७ वटा वडामा १४५ पदाधिकारी चयन हुनुपर्नेमा १३९ पदाधिकारीमात्र चयन भएका छन् । 

रसुवामा कांग्रेस गाउँपालिका अध्यक्ष दुई, वडाध्यक्ष छ र वडा सदस्य २१ पद विजयी भएको छ भने नेकपा एमाले दुई गाउँपालिका अध्यक्ष, पाँच गाउँपालिका उपाध्यक्ष एवम् १२ वडाध्यक्ष तथा ४८ वडा सदस्यमा विजयी भएको छ । 

यसैगरी माओवादी केन्द्र तीन वडाध्यक्ष र १२ वडा सदस्य एवम् नयाँ शक्ति नेपाल एक गाउँपालिका अध्यक्ष, छ वडा अध्यक्ष र २१ वडा सदस्यमा विजयी भएको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell