PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

बाह्रविसे नगर प्रमुखमा एमाले विजयी



रासस

बाह्रविसे नगर प्रमुखमा एमाले विजयी

चौताराः सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको प्रमुखमा नेकपा एमालेका निमफुन्जो शर्मा चार हजार ९२९ मत प्राप्त गरी विजयी भएका छन् । 
उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी भएकी छन् । 

नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली कांग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा (कांग्रेस), २ मा बमबहादुर तामाङ (कांग्रेस), ३ मा एकबहादुर भण्डारी (कांग्रेस), ४ मा ज्ञानेन्द्र श्रेष्ठ (कांग्रेस), ५ मा बेलबहादुर रोक्का (एमाले), ६ मा मोहनलाल श्रेष्ठ (एमाले), ७ मा मिनबहादुर श्रेष्ठ (एमाले), ८ मा सुरज लामा (एमाले) र वडा नं ९ को वडाध्यक्षमा सानु लामा (कांग्रेस) विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell