
पोखराः तनहुँको भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छ ।
प्रमुखमा एमालेका मेखबहादुर थापा र उपप्रमुखमा एमालेकै शारदा खनाल विजयी भएकी हुन् । थापाले ६ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् भने खनाल ६ हजार ७ सय १२ मत प्राप्त गरी विजयी भएकी हुन् ।
नौ वटा वडा रहेको भिमादमा एमालेले ५ वटा वडा जितेको छ भने कांग्रेसले ४ वडा जितेको छ ।