
नवलपरासीः नेपाली कांग्रेसको बलियो पकड मानिने नवलपरासीमा गैंडाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका छत्रराज पौडेल विजयी भएका छन् ।
पौडेल ११ हजार ३०२ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसका विष्णु कँडेल सापकोटा विजयी भएकी छन् । सापकोटाले ११ हजार ५५५ मत प्राप्त गरेकी छन्।रासस