PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

रुसको हस्तक्षेपबारे छानविन गर्ने जिम्मा मलरलाई 



रासस

रुसको हस्तक्षेपबारे छानविन गर्ने जिम्मा मलरलाई 
फोटो श्रोतःabc17news.com

वासिङटनः अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गतवर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय परीक्षण विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ। 

अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उनलाई जिम्मेवारी दिएको अधिकारीहरुले बताएका छन् । 

मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्ने गरी नियुक्त भएका हुन्। न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्पअन्तर्गत नै पर्ने निकाय हो । मलरलाई स्वतन्त्र भनिएपनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्छन्। 

मलरलाई जिम्मेवारी दिएको विषयमा रिपब्लिकन र डेमोक्रयाट दुवै पक्षका नेताहरुले समर्थन जनाएको उप न्यायाधिवक्ता रड रोजेन्सटाइनले जानकारी दिए। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई गतसाता बर्खास्त गरेसँगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो । रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell