PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

कुश्मा नगरप्रमुखमा कांग्रेसका रामचन्द्र जोशी विजयी



पहिलोपोस्ट

कुश्मा नगरप्रमुखमा कांग्रेसका रामचन्द्र जोशी विजयी

पोखराः पर्वतको कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र जोशी विजयी भएका छन् ।
जोशी ८ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेघनाथ सुवेदीले ७ हजार २ सय ३९ मत प्राप्त गरेका थिए। 

उपमेयरमा नेपाली कांग्रेसका सीता काफ्ले लामिछाने ८ हजार ४ सय १९ मत ल्याएर निर्वाचित भएकी छन् । 
नगरका १४ वटा वडा मध्ये नेकपा एमालेले ८ र नेपाली कांग्रेस ६ वटा वडामा विजयी भएको छ ।

पर्वतका २ नगरपालिका र ५ गाउँपालिकामध्ये एमाले १ नगरपालिका र ३ गाउँपालिकासहित चार स्थानमा विजयी भएको छ भने कांग्रेस १ नगरपालिका र २ गाउँपालिकामा विजयी भएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell