PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी



पहिलोपोस्ट

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन्।

एमालेका शम्भुकुमार थापा ४ हजार ७० मत प्राप्त गरी अध्यक्षमा विजयी भए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बासु तिमल्सीनाले ३ हजार ९ सय ६१ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसका देवी पाण्डे ३ हजार ९ सय ९० मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्णकुमारी थापाले ३ हजार ८ सय ९६ मत प्राप्त गरिन्।

धादिङमा एमालेको अध्यक्ष विजयी भएको यो सातौँ गाउँपालिका हो। त्यसबाहेक कांग्रेसले दुई तथा माओवादी केन्द्र र राप्रपाले एक/एक स्थानमा जित हासिल गरेका छन्।

धादिङमा रहेको १३ स्थानीय तहमध्ये अब गजुरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको नतिजा आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell