PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

तामाकोशी गाउँपालिकामा एमाले विजयी



पहिलोपोस्ट

तामाकोशी गाउँपालिकामा एमाले विजयी

चरिकोटः दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका इश्वरचन्द्र पोखरेल विजयी भएका छन् ।
नेपाली कांग्रेसका भविन्द्र कार्कीलाई पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ४६१७ मत प्राप्त गरेका छन् भने कार्कीले ३८२० मत ल्याएका छन् ।

त्यसैगरी, एमालेकी उर्मिला खड्का केसी ४४२९ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामचन्द्र पोखरेलले ३२७० मत ल्याएका थिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell