
काठमाडौं : थाइल्याण्डको बैंककमा आगामी शनिबारदेखि हुने दोस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
मे २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ३ महिला खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा सहभागि हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछन्।
पुरुषमा आशिष खत्रीले १ सय र २ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् भने महिलाको १ सय र २ सय मिटर दौडमा लुजला अमात्य र जयरानी चौधरीले प्रतिस्पर्धा गर्नेछन्।
यस्तै विपना परियारले महिला लङजम्प र ट्रिपलजम्पमा नेपालको चुनौती पेश गर्नेछिन्। नेपाली प्रशिक्षकमा प्रशिक्षकमा मनोहर दाहाल छन्।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसी, नेपाल एथलेटिक्स संघका उपाध्यक्ष सुशीलनरसिंह राणा र सचिव आरके विष्टले टोलीलाई दशरथ रंगशालामा बुधबार बिदाई गरे।
खेल तालिका