PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी



रासस

थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी

हेटौंडाः मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु ढकालले पाँच हजार ३७८ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसका खड्ग गोपालीले पाँच हजार ६५० मत ल्याई विजयी भए। 

मतगणना सम्पन्न भएका १० वडामध्ये पाँचमा माओवादी केन्द्र र पाँच वटामा एमाले विजयी भएको छ । नगरपालिकाको वडा नं १ को वडाध्यक्षमा हेरमान गोपाली(माओवादी केन्द्र), ३ मा राजेश केसी(माओवादी केन्द्र), ४ मा दीपकसिंह लामा(माओवादी केन्द्र), ५ मा विष्णुबहादुर गुरूङ (एमाले), ६ मा शशिधर सुवेदी (एमाले), ८ मा टीकाराम रूम्बा (माओवादी केन्द्र), ९ मा पर्शुराम श्रेष्ठ (माओवादी केन्द्र), १० मा हिराबहादुर गमाल (एमाले), किरणमान बल (एमाले) र वडा नं १२ मा मानबहादुर स्याङ्तान –एमाले) विजयी भएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell