PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

घुस लिएको अभियोगमा अख्तियारद्वारा दुई उपसचिवसहित चार पक्राउ



रासस

घुस लिएको अभियोगमा अख्तियारद्वारा दुई उपसचिवसहित चार पक्राउ

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिवद्वय वासुदेव तिमिल्सिना र रामहरि रिजालसहित चार जनालाई चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार जनज्योति मावि लालबन्दी सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र सोही विद्यालयका प्रअ विष्णुबहादुर पोखरेल समेतले विद्यालयमा कोटा दरबन्दीमा शिक्षक नियुक्त गर्दा चार लाख घुस लिँदालिँदै पक्राउ गरिएको हो । 

उनीहरुलाई लालबन्दी नगरपालिका–७ स्थित नमस्ते होटलबाट पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell