
काठमाडौंः बुढानीलकण्ठ नगरपालिका वडा नं ११, १२ र १३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
वडा नं ११ का अध्यक्षमा राजु अधिकारी एक हजार दुई सय ७५ मत प्राप्त गरी विजयी भएका छन् । निकटत्म प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्चूतप्रसाद पौडेलले एक हजार ५५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यहरुमा भगवती निरौला, रत्ना नगर्जी, विनोदकुमार तामाङ र विमल लामा विजयी भएका छन् ।
वडा नं १२ मा शम्भुप्रसाद भट्टराईले एक हजार ३८४ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । वडा सदस्यहरु शान्ता ढकाल पुडासैनी, मीना बयलकोटी, पुरुषोत्तम नेपाल, दिल्लीप्रसाद खतिवडा विजयी भएका छन् ।
वडा नं १३ को अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ एक हजार ९५ मत प्राप्त गरी विजयी भएका छन् । वडा सदस्यहरुमा रिना श्रेष्ठ, राममाया विक, श्याम श्रेष्ठ र मङ्गल नगरकोटी विजयी भएका छन् ।रासस