PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

वालिङ नगरपालिकामा कांग्रेस विजयी



रासस

वालिङ नगरपालिकामा कांग्रेस विजयी

वालिङः वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । 

दस हजार छ सय मतसहित कांग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुण्यप्रसाद अर्यालले आठ हजार सात सय ४९ मत प्राप्त गरेका छन् । 
त्यस्तै उपप्रमुखमा कांग्रेसकी कल्पना तिवारी नौ हजार ८९५ मत ल्याएर विजय भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी खगीसरा थापाले नौ हजार ३५७ मत प्राप्त  गरिन्। 

कुल १४ वटा वडा रहेको वालिङ नगरपालिकामा कांग्रेस प्रमुख र उपप्रमुखसहित सात वटा वडामा विजयी भएको छ भने एमाले पनि सात वडामा विजयी भएको छ । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell