
गोरखाः पालुङटार नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका दीपकबाबु कँडेल विजयी भएका छन्।
कँडेल चार हजार छ सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विवश चिन्तनले चार हजार चार सय ९१ मत प्राप्त गरेका थिए ।
चार हजार चार सय ९४ मत प्राप्त गरी माओवादी केन्द्रकी पम्फा बसेल उपप्रमुखमा विजयी भएकी छन् । नयाँ शक्ति पार्टी तेस्रो स्थानमा छ। सो पार्टीले वडा नं १, ४ र ५ मा विजयी हासिल गरेको छ ।
यस्तै माओवादी केन्द्रले पालुङटार वडा नं २, ६, ८ र १० मा, कांग्रेसले वडा नं ३ र ९ मा तथा नेकपा एमालेले वडा नं ७ मा विजय हासिल गरेको छ । रासस