PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सिन्धुलीको कमलामाईमा एमाले विजयी



रासस

सिन्धुलीको कमलामाईमा एमाले विजयी

सिन्धुलीः कमलामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः नेकपा एमालेका खड्गबहादुर खत्री तथा मञ्जु देवकोटा विजयी भएका छन् । 

एघार हजार एक सय ५२ मत ल्याई खत्री प्रमुखमा र नौ  हजार नौ सय २१ मत ल्याई देवकोटा उपप्रमुख पदमा विजयी भएका हुन् । 

खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र पोख्रेलले आठ हजार तीन सय ८८ र देवकोटाको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै सुशीला थिङले नौ हजार पाँच सय २३ मत प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell