PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

भारतीय जासुसमाथिको फाँसीको सजाय रोक्न पाकिस्तानलाई राष्ट्रसङ्घीय अदालतको आदेश



रासस

भारतीय जासुसमाथिको फाँसीको सजाय रोक्न पाकिस्तानलाई राष्ट्रसङ्घीय अदालतको आदेश
फोटो श्रोतःun.org

नेदरल्यान्डः संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले पाकिस्तानद्वारा फाँसी दिन लागेका एक भारतीय नागरिकलाई सजाय रोक्न आदेश दिएको छ । 

अन्तर्राष्ट्रिय अदालतमा भारतीय नागरिक कुलभुषण सुधिर यादवको फाँसीको सजाय रोक्न नयाँ दिल्लीद्वारा गरेको अपिलबमोजिम सो निर्णय आएको हो । 

भारतले यादवलाई उनको मुद्दाको अदालतबाट अन्तिम निर्णय आउनुपूर्व फाँसी दिन रोक्न भनी आग्रह गरेको छ । 

यादवलाई पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बोलिचिस्तानबाट मार्च २०१६ मा पक्राउ गरेको थियो । यादवले आफू पाकिस्तानी गुप्तचर सेवाविरुद्ध जासुसी गर्दै आएको अपराध स्वीकार गरेको भन्दै गत महिना पाकिस्तानी सैन्य अदालतले फाँसीको सजाय सुनाएको थियो । 

यद्यपि पाकिस्तानी दाबीको भारतले खण्डन गर्दै यादव जासुसी नभएको बताएको छ । रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell