
अङ्कराः टर्कीले आफ्नो देशमा सम्भावित साइवर आक्रमण हुनसक्ने विश्लेषण गर्दै यसबाट जोगाउन ‘साइबर आर्मी’ को व्यवस्था गर्ने भएको छ ।
टर्कीका यातायात, सामुद्रिक यातायात र सञ्चारमन्त्री अहमेत आर्सलनले सरकारले राष्ट्रिय साइबर सुरक्षा संरचनालाई मजबुद पार्न सुरुमा पाँच समूहको प्राविधिक सेनाको गठन गर्ने र यसलाई विस्तारै विस्तार गर्दै लैजाने बताएका हुन् ।
यसअन्तर्गत सुरुमा करिब १३ हजार सेतो टोपी पहिरेका अनलाइन सुरक्षा गार्डलाई सार्वजनिक रुपमा कामपा पठाइने उनले बताए ।
टर्कीमा आगामी केही दिनभित्र साइबर आक्रमण हुनसक्ने खतरा रहेको सूचनाका आधारमा सरकारले सुरक्षा प्राविधिकलाई थप सशक्त बनाएको, सञ्चारमन्त्रीको दाबी छ ।
सन् २०१६ मा टर्कीमा भएको असफल राज्य विद्रोह पछि यहाँको प्रशासनले हरेक क्षेत्रमा सुरक्षा स्थितिलाई चुस्तदुरुस्त पार्दै आएको छ । रासस/सिन्ह्वा