PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

राष्ट्रिय सुरक्षाका लागि टर्कीले ‘साइबर आर्मी’को व्यवस्था गर्ने



रासस

राष्ट्रिय सुरक्षाका लागि टर्कीले ‘साइबर आर्मी’को व्यवस्था गर्ने

अङ्कराः टर्कीले आफ्नो देशमा सम्भावित साइवर आक्रमण हुनसक्ने विश्लेषण गर्दै यसबाट जोगाउन ‘साइबर आर्मी’ को व्यवस्था गर्ने भएको छ । 

टर्कीका यातायात, सामुद्रिक यातायात र सञ्चारमन्त्री अहमेत आर्सलनले सरकारले राष्ट्रिय साइबर सुरक्षा संरचनालाई मजबुद पार्न सुरुमा पाँच समूहको प्राविधिक सेनाको गठन गर्ने र यसलाई विस्तारै विस्तार गर्दै लैजाने बताएका हुन् । 

यसअन्तर्गत सुरुमा करिब १३ हजार सेतो टोपी पहिरेका अनलाइन सुरक्षा गार्डलाई सार्वजनिक रुपमा कामपा पठाइने उनले बताए । 

टर्कीमा आगामी केही दिनभित्र साइबर आक्रमण हुनसक्ने खतरा रहेको सूचनाका आधारमा सरकारले सुरक्षा प्राविधिकलाई थप सशक्त बनाएको, सञ्चारमन्त्रीको दाबी छ । 

सन् २०१६ मा टर्कीमा भएको असफल राज्य विद्रोह पछि यहाँको प्रशासनले हरेक क्षेत्रमा सुरक्षा स्थितिलाई चुस्तदुरुस्त पार्दै आएको छ । रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell