PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

स्याङ्जाको पुतलीबजारमा एमालेकी सीमा क्षेत्री विजयी



रासस

स्याङ्जाको पुतलीबजारमा एमालेकी सीमा क्षेत्री विजयी

वालिङः स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेकी सीमा क्षेत्री विजयी भएकी छन् ।

क्षेत्री १० हजार २४९ मत ल्याई प्रमुखमा विजयी भएकी हुन् । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत प्राप्त गरेका थिए। 

त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा एमालेकै महेश पुरी १० हजार ३८८ मतसहित विजयी भए भने कांग्रेसकी हिरादेवी शर्माले आठ हजार ४४४ मत प्राप्त गरिन् । 

जम्मा १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकाको १० वटा वडामा नेकपा एमाले र चारवटा वडामा कांग्रेस विजयी भएको हो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell