PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

पर्वतमा एमाले चार र कांग्रेस तीन स्थानमा विजयी



रासस

पर्वतमा एमाले चार र कांग्रेस तीन स्थानमा विजयी

पर्वतः पर्वतका सातवटै स्थानीय तह र ६१ वटै वडाको मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली कांग्रेस एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ । 

पर्वतमा नेकपा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा भएको थियो । कुश्मा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका रामचन्द्र जोशी विजयी भए । उनले आठ हजार ५७ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ सुवेदीले सात हजार २३९ मत प्राप्त गरेका छन् ।
कुश्मा नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै सीता काफ्ले लामिछाने आठ हजार ४१९ मत प्राप्त गरी विजयी भइन्।  फलेवास नगरपालिकामा एमालेका पदमपाणि शर्मा ६ हजार १०३ मत प्राप्त गर्दै प्रमुखमा विजयी भएका छन्। उपप्रमुखमा एमालेकै मञ्जु अधिकारी पाँच हजार ९५४ मत प्राप्त गर्दै विजयी भइन् भने प्रतिस्पर्धी कांग्रेसकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गरिन् ।  दक्षिणको महाशिला गाउँपालिकामा नेकपा एमालेका राजु पौडेल दुई हजार ४५३ मत प्राप्त गर्दै विजयी भए ।उपाध्यक्षमा नेकपा एमालेकै हिरादेवी थापा दुई हजार ४८२ मत प्राप्त गर्दै विजयी भइन् । 
त्यसैगरी, बिहादी गाउँपालिकाको प्रमुखमा एमालेका कमल भुषाल दुई हजार ४२० मत प्राप्त गर्दै विजयी भएका छन् ।
उपप्रमुखमा एमालेकी डम्मरकुमारी गुरुङ विजयी भइन् । मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेलले पाँच हजार ६३४ मत प्राप्त गर्दै विजयी भए ।उपाध्यक्षमा एमालेकै सेती महत पाँच हजार ३९९ मत प्राप्त गर्दै विजयी भइन् । 

जलजला गाउँपालिकाको प्रमुखमा कांग्रेसका यामबहादुर मल्ल तीन हजार ७३३ मत प्राप्त गर्दै विजयी भए । उपप्रमुखमा कांग्रेसकी सीमा पुन तीन हजार ६८८ मत प्राप्त गर्दै विजयी भइन् । 

पैँयू गाउँपालिकाको प्रमुखमा कांग्रेसका खगेन्द्र तिवारी विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी जसमति गुरुङ तीन हजार १६८ मत प्राप्त गर्दै विजयी भइन् ।पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ३७ वटा वडामा एमाले विजयी भएको छ भने २० वडामा कांग्रेस र ४ वडामा माओवादी केन्द्र विजयी भएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell