
काभ्रेः काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली कांग्रेसका महेश खरेल सात हजार ३५६ मत ल्याई विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर बानियाँले छ हजार ८०० मत ल्याएका छन् ।
त्यसैगरी, उपप्रमुखमा कांग्रसकी लक्ष्मी दनुवार सात हजार २६ मत ल्याई विजयी भइन् ।
यस्तै, बनेपा नगरपालिका वडा नं १० मा कांग्रेसका मोहनबहादुर भण्डारी एक हजार २७ मत ल्याई विजयी भएका छन् ।
त्यस्तै, बनेपा–११ वडाध्यक्षमा नेपाली कांग्रेसका तारामान लामा ७९४ मत ल्याई विजयी भएका छन् ।
त्यसैगरी, मण्डन देउपुर नगरपालिका–९ मा एमालेको पूरै समूह विजयी भएको छ। एमालेबाट वडाध्यक्षमा जितबहादुर तामाङ ७९३ मत ल्याई विजयी भएका हुन् ।रासस