
काठमाडौं : दोलखाको भीमेश्वर नगरपालिकामा एमालेका भरत केसी मेयरमा निर्वाचित भएका छन्। यस्तै उपमेयरमा पनि एमालेकै कमला बस्नेत विजयी भएकी छन्। कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै एमालेले प्रमुख÷उपप्रमुखसहित ७ वडामा जीत हात पारेको हो।
केसीले ५ हजार चार सय ९४ मत पाएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका ईश्वर नारायण मानन्धरले ४ हजार ६ सय २२ मत पाएका छन।
दोलखाका ९ स्थानीय तहमध्ये एकमा मतदानका क्रममा एक मतदाताको मृत्यु भएपछि पुनः निर्वाचनको चरणमा छ। अन्य आठ तहको मतगणना सकिएको छ। जसमा एमालेले दुई नगरसहित ६ मा जीत हात पारेको छ।
एमालेले जिरी र भीमेश्वर नगरसहित गौरीशंकर, तामाकोशी, शैलुङ, कालिञ्चोक गाउँपालिकामा जीत हासिल गरेको हो।
कांग्रेस माओवादी गठबन्धनले २ गाउँपालिकामा जीत हात पारेका छन्। गठबन्धनले बिगु र बैत्यश्वर गाउँपालिकामा जीत हात पारेको हो। मेलुङ गाउँपालिकाको पवटीमा मतदानका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको थियो। उक्त स्थानमा मतदान हुन बाँकी छ।