
जापानको शाही परिवारकी राजकुमारीले एक आममानिससँग विवाह गर्नका लागि आफ्नो दरवार छोड्ने भएकी छन्।
२५ वर्षीया राजकुमारी माको राजा अकीहीतोकी छोरी हुन्। माकोले २५ वर्षीय केइ कोमुरोसँग विवाह गर्नका लागि दरवार छोड्न लागेकी हुन्। जो एक क़ानुनी फर्ममा काम गर्छन। माको र केइको भेट विश्वविद्यालयमा पढ्दा भएको बीबीसीले बताएको छ।
जापानमा राजघरानाको नियमानुसार शाही परिवारका सदस्यहरु कुनैपनि आममानिससँग विवाह गरेपछि उसले राजघराना छोड्नु पर्ने हुन्छ।
यसरी भयो उनीहरुको भेट
राजकुमारी माको र केई कोमुरो २०१२ मा टोकियोको इन्टरनेशनल क्रिश्चियन विश्वविद्यालयमा एक अर्कासँग भेट भएका थिए। उनीहरु जापानमा पर्यटन प्रवद्र्धन गर्न एक पटक ‘प्रिन्स अफ सी’को किनारामा पनि सँगै काम गरेका थिए।
जब कोमुरोसँग उनको इन्गेजमेन्टकाबारेमा सोधियो उनले भने,‘म यो समय कुरा गर्न सक्दिन र सही समय आएपछि अवश्य बोल्नेछु।’
राजघरानाको नियम
८३ बर्षका राजा अकीहीतोले पछिल्लो वर्ष अगस्टमा आफ्नो उमेरको कुरा गर्दै उनले राजगद्दी छोड्न चाहेको संकेत दिएका थिए। उनले राजगद्दी छोडेपछि जापानको कानुन परिवर्तन हुने अनुमान छ।
तर, पछिल्ला दुर्इ शतकमा कुनैपनि जापानी राजाले आफ्नो जीवनमै राजगद्दी त्याग गरेका थिएनन्। त्यहाँको क़ानुनले पनि यस कुरालार्इ अनुमति दिंदैन तर, राजघरानमा पुरुष उत्तराधिकारी सम्वन्धि कानुन परिवर्तन नहुने आशा गरिएको छ।
रोयटर्स समाचार एजेन्सीलार्इ दिएको एक बयानमा केन्द्रीय मन्त्री योशिहीदे सुगाले भनेका छन्,‘राजघरानामा उत्तराधिकारीका लागि स्थापित परम्परामा परिवर्तन ल्याउनका लागि हाम्रो नजरमा केही परिवर्तन हुँदैन।’
राजाको ताजको लागि चार मात्र वारिस छन्। अकीहीतो पछि छोरा र उत्तराधिकारी राजकुमार नारुहीतो र राजकुमार फुमिहीतो, फुमिहीतोका छोरा हिसाहीतो र राजा अकिहीतोको सानो भाइ मासाहीतो।