PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रिमियर लिग : लेस्टर विरुद्ध ह्यारी केनको ४ गोल, सर्वाधिक गोलकर्तामा अगाडी



पहिलोपोस्ट

प्रिमियर लिग : लेस्टर विरुद्ध ह्यारी केनको ४ गोल, सर्वाधिक गोलकर्तामा अगाडी

प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा टोटनहमले साविक विजेता लेस्टर सिटीलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ।

ह्यारी केन एक्लैले ४ गोल गरेपछि दोस्रो स्थानको टोटनहमले गत सिजनको विजेतामाथि शानदार जित हासिल गरेको हो।

टोटनहमका लागि हेउन मिन सनले बाँकी २ गोल गरे भने लेस्टरका बेन चिलवाले एक गोल गरे।

जितपछि यसअघि नै दोस्रो स्थानमा लग टुङ्याउने पक्का गरेको टोटनहमको ३७ खेलबाट ८३ अंक भएको छ। लिग च्याम्पयन बनिसकेको चेल्सीको ९० अंक छ।

लेस्टर विरुद्ध ४ गोल गरेपछि टोटनहमका ह्यारी केन प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लेका छन्। केनको गोलसंख्या २६ पुगेको छ। एभरटनका रोमेलु लुकाकुको २४ तथा आर्सनलका एलेक्स सान्चेजको २३ गोल छ।

अन्तिम चरणमा टोटनहमले हल सिटीसँग खेरल्नेछ भने आर्सनल र एभरटनबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell