PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

कावासोतीमा एमालेकी चन्द्रा पुन विजयी



रासस

कावासोतीमा एमालेकी चन्द्रा पुन विजयी

नवलपरासीः नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा एमालेकी चन्द्रा पुन विजयी भएकी छन् । 
उपप्रमुखमा पनि नेकपा एमालेकै प्रेमशङ्कर मर्दनिया विजयी भएका छन्। 

पुनले कुल १३ हजार ४१ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा १३ हजार ८१४ मत प्राप्त गरी मर्दनिया विजयी भएका हुन भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी खगिसरा गुरुङले ११ हजार ६९३ मत प्राप्त गरिन् । 

नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएका आठवटा स्थानीय तहमध्ये आठवटै स्थानीय तहमा मतगणना सकिएको छ । जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा कांग्रेस विजयी बनेको छ भने गैँडाकोट र कावासोती नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ । 

नवलपरासीमा ६ स्थानमा कांग्रेस, दुईमा एमाले 

यसैगरी, स्थानीय तहको निर्वाचनमा नवलपरासीका आठवटा स्थानीय तहमध्ये छवटा तहमा कांग्रेस विजयी भएको छ भने दुईवटा स्थानीय तहमा नेकपा एमालेले विजय हासिल गरेको छ । 

प्रमुख पदमा कांग्रेसका उम्मेदवार नगरपालिकातर्फ मध्यबिन्दु र देवचुली र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा विजयी बनेका हुन् । यसैगरी नेकपा एमालेका उम्मेदवार गैँडाकोट र कावासोतीमा विजयी भएका छन् । कांग्रेस चारवटै गाउँपालिकातर्फ हुप्सेकोटमा उपाध्यक्षबाहेक चार सबै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित विजयी बनेको छ । 

त्यसैगरी, नगरपालिकातर्फ पनि देवचुलीमा उपप्रमुखबाहेक प्रमुख र मध्यबिन्दुमा प्रमुख र उपप्रमुखमा कांग्रेसले विजय हासिल गरेको छ । 

नेकपा एमालेले गैँडाकोटमा उपप्रमुखबाहेक प्रमुखमा विजय हासिल गरेको छ भने कावासोतीमा भने प्रमुख र उपप्रमुखमासमेत विजयी हासिल गरेको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell